अमेरिकी सहायक विदेशमन्त्री लु स्वदेश फिर्ता

काठमाडौं। संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।
भ्रमणका क्रममा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतसँग शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल गरेका थिए।
सहायक विदेशमन्त्री लुले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रसँगको लैंगिक समानता र समताको कार्ययोजना अनुदानको औपचारिक शुरुआत कार्यक्रम र अमेरिकी दूतावास युवा परिषद्सँगको अन्तरक्रियामा समेत सहभागिता भए।
उनले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा नेपाल–अमेरिका सम्बन्धमा विविध आयाम बारे चर्चा गर्दै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको कार्यान्वयनप्रति सन्तोस व्यक्त गरे। यस परियोजनाको निर्माणले नेपालको ऊर्जा र सडक पूर्वाधारको प्रगतिमा ठूलो योगदान पुग्ने उनको भनाइ थियो। साथै उनले नेपालको विकास निर्माणमा अमेरिकी सहयोग निरन्तर रहिरहने उल्लेख गर्दै नेपालको संक्रमणकालीन न्याय प्रक्रियाका बारेमा चासोसमेत व्यक्त गरेका थिए।
सहायक विदेशमन्त्री लुले नेपालको समृद्ध सांस्कृतिक सम्पदाका रुपमा रहेको भक्तपुर क्षेत्रको भ्रमण पनि गरेका थिए। उनको भ्रमणले अमेरिका–नेपाल साझेदारीलाई सुदृढ तुल्याउँदै दिगो विकास, लैंगिक समानता र सामुदायिक सशक्तिकरणलगायत प्रमुख क्षेत्रहरूमा निरन्तर सहकार्य र थप प्रगति हुने विश्वास गरिएको छ।
















सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
किएभमाथि पुनः रुसी आक्रमण
निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी
जुम्लाका ५२ मतदानस्थलअति संवेदनशील
WB approves $95 million to expand access to finance for over 100,000 SMEs
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया