आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी संगठन निर्माण गर्नुपर्छ : उपमहासचिव पुन

दमौली (तनहुँ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
तनहुँको आँबुखैरेनी गाउँ कमिटीको सम्मेलन एवं खबरदारी सभामा आज उनले विसं २०८४ को निर्वाचनमा पार्टीलाई एक्लै प्रतिस्पर्धा गर्न सक्ने बनाउन सबैलाई पार्टी निर्माणमा लाग्न आग्रह गरे ।
उपमहासचिव पुनले हालै सम्पन्न उपनिर्वाचनले त्यसको पुष्टि गरिसकेको र एक्लै प्रतिस्पर्धा गर्दा पार्टी झनै लोकप्रिय रहेको देखिएको बताए । आँबुखैरेनी गाउँपालिका माओवादी एक्लैले जितेको बताउँदै जनतासँग साथमा रह्यौँ भने पार्टीलाई विश्वास गर्ने वातावरण सिर्जना हुने उनको भनाए थियो । अब जितेको पालिकामा नमुनायोग्य काम गरेर जनताको विश्वास जित्ने गरी काममा लाग्न उपमहासचिव पुनले आग्रह गरे ।









२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
प्रतिक्रिया