बुधबार, वैशाख १७, २०८२

डिन र क्याम्पस प्रमुखलाई ७ पुसभित्र नियुक्त गरिसक्न प्रधानमन्त्रीको निर्देशन

मेरोन्यूज २०८१ मंसिर २७ गते १५:३८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डिन र क्याम्पस प्रमुखहरूको नियुक्त गर्न निर्देशन दिएका छन् ।

आज कीर्तिपुरमा भएको त्रिभुवन विश्वविद्यालयको साधारणसभा (सिनेट) बैठकमा सिनेट सदस्यले सिफारिस भइसकेका डिन र क्याम्पस प्रमुखहरूको नियुक्ति नभएको भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आउँदो पुस ७ गतेभित्र ती नियुक्ति गरिसक्न निर्देशन दिएका हुन्।

उनले भने, ‘सबैले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून्, सिंगो सामाजिक विषय शिक्षामा आउनुपर्‍यो। शिक्षा क्षेत्र मुक्त मनले चल्नुपर्छ तर त्रिवि आफ्ना नियम र कानुनको परिधिमा रहेर चल्लुपर्छ। त्रिविको स्वायत्तता व्यक्तिगत होइन, त्यो स्वायत्तता सिनेटमापर्फत अधिकार प्रत्यायोजन गर्दै लगिने विषय हो।’

उनले सिनेट बैठकहरूलाई दिनभर छलफल र विवाद गर्ने ढाँचामा नभएर मर्यादित, व्यवस्थित, रचनात्मक र परिपक्वरूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए। पर्याप्त गृहकार्य गरेर कार्यसूची ल्याउन पदाधिकारीहरूलाई उनले आग्रह गरे।

प्रतिक्रिया