भारतीय राष्ट्रपति मुर्मुद्वारा प्रधान सेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधान सेनापति महारथी अशोक राज सिग्देललाई भारतीय सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन् ।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति सिग्देललाई आज राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
नेपाल-भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रही आएको छ ।
प्रधान सेनापति सिग्देलले आजै भारतका माननीय रक्षा मन्त्री श्री राजनाथ सिंहसँग शिष्टाचार भेटघाट गरेका छन् । त्यसै गरी, उनले स्थल सेना भवन परिसरमा वृक्षारोपण समेत गरेका छन् ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया