शुक्रबार, चैत ६, २०८२

एनपीएल

चितवनमाथि विराटनगरको फराकिलो जित

मेरोन्यूज २०८१ मंसिर २८ गते १६:२९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले चितवन राइनोजमाथि फराकिलो जित निकालेको छ।

Advertisement
nepal life insurencenepal life insurence

त्रिवि मैदानमा शुक्रबार भएको खेलमा विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा चितवन ५१ रनले पराजित भएको हो ।

चितवनका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ४२ रन बनाए ।

यसैगरी ओपनर सन्तोष कार्कीले २५ बलमा २८, कप्तान कुशल मल्लले २५ बलमा २५ र रवि बोपाराले २४ बलमा २० रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले बसिर अहमदको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो ।

प्रतिक्रिया