पत्रकार महासङ्घ बागलुङको अध्यक्षमा थापा

गलकोट । नेपाल पत्रकार महासङ्घ बागलुङको अध्यक्षमा राम थापा निर्वाचित भएका छन् ।
८औँ जिल्ला अधिवेशनबाट थापा ४६ मतसहित विजयी भएको निर्वाचन समितिका संयोजक हिराबहादुर केसीले जानकारी दिए।
थापा राष्ट्रिय समाचार समिति राससमा कार्यरत छन्। थापाका निकटतम प्रतिद्वन्द्वी तारानाथ आचार्यले २३ मत प्राप्त गरेका छन् ।
पत्रकार महासङ्घ बागलुङको उपाध्यक्षमा सुवास आचार्य ४३ मतसहित निर्वाचित भएका छन् । यस्तै महिला उपाध्यक्षमा सृजना पन्त ५० मतसहित विजयी भएका छन् । सचिवमा नारायण रिजाल ४० मतले विजयी हुँदा सहसचिव खुलामा डम्बर बुढामगरले ४३ मत प्राप्त गरेर निर्वाचित भएका छन्।
समावेशी सहसचिवमा नवराज नेपाली सर्वसम्मत भएका थिए । यस्तै कोषाध्यक्षमा खेमराज गौतम ४९ मत प्राप्त गरी विजयी भएका हुन्।
सदस्यमा अर्जुन कार्कीले ४८ मत, प्रदीप पन्तले ४७ मत, प्रकाश बरालले ४५ मत, बालकृष्ण सुवेदीले ४० मतले विजयी हुनुभयो । महिला सदस्यमा मनिषा शर्मा सर्वसम्मत भए। दलित सदस्यमा अनिष खातीले ३६ मत, आदिवासी जनजाति सदस्यमा सङ्गम घर्तीमगरले ५० मत प्राप्त गरी निर्वाचित भए।
केन्द्रीय परिषद् महिला सदस्यमा कोपिला कँडेलले ४६ मत विजयी हुँदा केन्द्रीय परिषद् खुला सदस्यमा दिलीप पौडेल ३९ मत प्राप्त गरी निर्वाचित भए । प्रदेश परिषद् सदस्यहरुमा कृष्ण आचार्यले ५० मत, सुवासराज पन्तले ४७ मत, खिमबहादुर कार्कीले ४४ मत, चन्द्रगणेश पौडेलले ४२ मत प्राप्त गरे ।
प्रदेश परिषद् सदस्यमा लक्ष्मी परियार निर्विरोध भएका छन् । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको स्थापना विसं २०५७ मा स्थापना भएको थियो ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया