पत्रकार महासङ्घ बागलुङको अध्यक्षमा थापा

गलकोट । नेपाल पत्रकार महासङ्घ बागलुङको अध्यक्षमा राम थापा निर्वाचित भएका छन् ।
८औँ जिल्ला अधिवेशनबाट थापा ४६ मतसहित विजयी भएको निर्वाचन समितिका संयोजक हिराबहादुर केसीले जानकारी दिए।
थापा राष्ट्रिय समाचार समिति राससमा कार्यरत छन्। थापाका निकटतम प्रतिद्वन्द्वी तारानाथ आचार्यले २३ मत प्राप्त गरेका छन् ।
पत्रकार महासङ्घ बागलुङको उपाध्यक्षमा सुवास आचार्य ४३ मतसहित निर्वाचित भएका छन् । यस्तै महिला उपाध्यक्षमा सृजना पन्त ५० मतसहित विजयी भएका छन् । सचिवमा नारायण रिजाल ४० मतले विजयी हुँदा सहसचिव खुलामा डम्बर बुढामगरले ४३ मत प्राप्त गरेर निर्वाचित भएका छन्।
समावेशी सहसचिवमा नवराज नेपाली सर्वसम्मत भएका थिए । यस्तै कोषाध्यक्षमा खेमराज गौतम ४९ मत प्राप्त गरी विजयी भएका हुन्।
सदस्यमा अर्जुन कार्कीले ४८ मत, प्रदीप पन्तले ४७ मत, प्रकाश बरालले ४५ मत, बालकृष्ण सुवेदीले ४० मतले विजयी हुनुभयो । महिला सदस्यमा मनिषा शर्मा सर्वसम्मत भए। दलित सदस्यमा अनिष खातीले ३६ मत, आदिवासी जनजाति सदस्यमा सङ्गम घर्तीमगरले ५० मत प्राप्त गरी निर्वाचित भए।
केन्द्रीय परिषद् महिला सदस्यमा कोपिला कँडेलले ४६ मत विजयी हुँदा केन्द्रीय परिषद् खुला सदस्यमा दिलीप पौडेल ३९ मत प्राप्त गरी निर्वाचित भए । प्रदेश परिषद् सदस्यहरुमा कृष्ण आचार्यले ५० मत, सुवासराज पन्तले ४७ मत, खिमबहादुर कार्कीले ४४ मत, चन्द्रगणेश पौडेलले ४२ मत प्राप्त गरे ।
प्रदेश परिषद् सदस्यमा लक्ष्मी परियार निर्विरोध भएका छन् । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको स्थापना विसं २०५७ मा स्थापना भएको थियो ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया