आइतबार, चैत ८, २०८२

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्ने

मेरोन्यूज २०८१ मंसिर ३० गते ८:३०

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गत बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा अहिलेसम्म १८ जना नेताले धारणा राखेका छन् ।आजको बैठकमा वरिष्ठ नेताहरु बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालले आफ्नो धारणा राख्ने छन् भने अन्तिममा अध्यक्ष नेपालले जवाफ दिएसँगै बैठक समापन हुने बताइएको छ ।

बैठकमा विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसङ्गठन इञ्चार्जलगायत पदमा नेताहरुको जिम्मेवारी तोक्नेदेखि पार्टी नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतको विषयमा पनि निर्णय लिनेछ ।

प्रतिक्रिया