शनिबार, चैत ७, २०८२

त्रिविमा ८ डीन र ३ निर्देशक नियुक्त

मेरोन्यूज २०८१ मंसिर ३० गते ९:५६

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत  ८ डीन र ३ निर्देशक नियुक्त भएका छन् । त्रिविको कार्यकारी परिषद्ले डीन र निर्देशक नियुक्त गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नियुक्त भएका डीनहरुमा शिक्षाशास्त्र संकायतर्फ प्रा‍.डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा‍.डा. मोहनराज शर्मा, मानविकी तथा सामाजिकशास्त्रतर्फ प्रा‍.डा. दुबिनन्द ढकाल छन् ।

यस्तै, व्यवस्थापन संकायमा प्रा‍.डा. महानन्द चालिसे, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा‍.डा. शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा. किशोरचन्द्र दाहाल र इन्जिनियरिङ अध्ययन संस्थानमा प्रा‍.डा. सुशीलबहादुर बज्राचार्य रहेका छन् ।

यसैगरी परिषदले शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा‍.डा. म‍ीना राजभण्डारी र योजना निर्देशनालयको निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको छ ।

यसअघि त्रिविको सिनेट बैठकमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस ७ गतेभित्र सबै नियुक्ती गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया