१२३ किलो गाँजासहित सुनसरीबाट एक पक्राउ
मेरोन्यूज
२०८१ पुष २ गते ९:१४

सुनसरी । प्रहरीले सुनसरीबाट १२३ किलो ३९ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ का ३१ वर्षीय धनबहादुर भण्डारी रहेका छन्।
अस्थायी प्रहरी पोस्ट रेल्वे धरानबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई आइतबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
भण्डारी प्रदेश १-०२-००२ ह. १६५५ नम्बरको टेम्पोका चालक हुन्। रोक्न खोज्दा भागेपछि प्रहरीले टेम्पोलाई पछ्याउँदै धरान-१७ कै जंगलछेउ पुगेर नियन्त्रणमा लिएको थियो।
टेम्पोको तलासी लिँदा सात वटा बोरामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। भण्डारीलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ।
सम्बन्धित
















सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन
इरानमाथि दबाब क्रमिक रूपमा घटाइने
निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया