ग्रीसमा डुङ्गा दुर्घटनामा ४ जना पाकिस्तानीको मृत्यु

इस्लामावाद । दक्षिणी ग्रीसको क्रेट टापुमा शनिबार भएको डुङ्गा पल्टिँदा चार जना पाकिस्तानी नागरिकको मृत्यु भएको पाकिस्तानको विदेश कार्यालयका प्रवक्ता मुमताज जाहरा बलोचले एक विज्ञप्तिमार्फत पुष्टि गरेका छन् ।
बलोचले सोमबार भने,“हामी गहिरो दुःखका साथ घोषणा गर्दछौं कि ग्रीक अधिकारीहरूले साझा गरेको पछिल्लो जानकारी अनुसार ग्रीसको क्रेट टापुको दक्षिणमा शनिबार भएको डुङ्गा पल्टिने घटनाहरूमा चार जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ । जीवित व्यक्तिहरूलाई सहयोग गर्न ग्रीक अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ ।”
यसअघि पाकिस्तानी विदेश मन्त्रालयले ग्रीसको तटमा डुङ्गा पल्टिएको स्थानबाट ४७ जना पाकिस्तानी नागरिकको उद्धार गरेको पुष्टि गरेको थियो ।
सन् २०११ देखि ग्रीस अनियमित आप्रवासी र युरोपेली युनियन (इर्यु) प्रवेश गर्न प्रयास गर्ने शरणार्थीहरूको लागि प्रमुख प्रवेश बिन्दु भएको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया