लालीगुराँस र ग्रिनल्यान्डलाई जेबी कप

काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी र ग्रिनल्यान्डले प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । लालीगुराँस जुनियर ब्वाइज तथा ग्रिनल्यान्ड सिनियर गल्र्समा च्याम्पियन बने ।
बूढानीलकण्ठ नगरपालिका– ६ च्यासिन्डोलस्थित आयोजक जेबी स्कुलको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा लालीगुराँसले भ्याली पब्लिकलाई २७–२३ ले पराजित ग¥यो । लालीगुराँसका साहिद पुनले १७ स्कोर गरे । गोल्डेनपिक तेश्रो भयो ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा ग्रिनल्यान्डले फेरिल्यान्डलाई ३५–३० ले हरायो । ग्रिनल्यान्डकी विहानी राईले १२ स्कोर गरिन् । इडेन ब्रिज एकेडेमी (इबीए) तेश्रो स्थानमा रह्यो ।
जुनियर ब्वाइजमा लालीगुराँसका सर्गम गुरुङ तथा सिनियर गल्र्समा ग्रिनल्यान्डकी आहाना खड्का ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा लालीगुराँसका रोहित गुरुङ तथा सिनियर गल्र्समा ग्रिनल्यान्डकी विहानी राई उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर ब्वाइजमा भ्याली पब्लिकका अशोक विक (५० अंक) तथा सिनियर गल्र्समा फेरिल्यान्डकी करुणा बोगटी (६७ अंक) सर्वाधिक स्कोरकर्ता बने ।
जुनियर ब्वाइजमा पारामाउन्ट तथा सिनियर गल्र्समा न्युटनले अनुशासित टिमको ट्रफी हात पारे । जुनियर ब्वाइजमा बेल्मोन्ट इन्टरनेसनल एकेडेमी तथा सिनियर गल्र्समा नवदीक्षित पाठशाला उदीयमान टिम ठहरिए ।
विजेतालाई पूर्व मन्त्री रेशम लामा, आयोजक जेबी सञ्चालक समितिका अध्यक्ष कृष्ण वस्ती, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, जेबीका प्रिन्सिपल नारायण रोकालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर २७ गतेदेखि सुरु प्रतियोगिताको जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमले प्रतिस्पर्धा गरेको जेबीका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन् ।
















दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया