स्वयम्भू स्तूप परिसरका घर बुद्धाचार्य परिवारलाई हस्तान्तरण हुँदै

काठमाडौँ । स्वयम्भू स्तूप परिसरका १७ घर एकीकरणपछि पुनः निर्माण सम्पन्न गरिएको छ । विसं २०७२ को भूकम्पले जीर्ण भएका बुद्धाचार्य परिवारका घर पुनःनिर्माण गरी यही वैशाख १३ गते घरधनीलाई हस्तान्तरण गरिने छ ।
स्वयम्भू पुनःनिर्माण समिति एवं काठमाडौँ महानगरपालिका वडा १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले स्वयम्भूका पुजारीका रुपमा शदियौँदेखि बस्दै आएको बुद्धाचार्य परिवारका १७ घरसँगै कर्मराज महाविहार (गुम्बा) पुनःनिर्माण दुई वर्षमा सकिएकाले आगामी सोमबार घरधनीलाई हस्तान्तरण गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
कामपाका प्रवक्ता डङ्गोलले भन्नुभयो, “घर एकीकरण गरेर ९हाउस पुलिङ प्रणालीबाट० सञ्चालन गरिएको काठमाडाँै महानगरको यो पहिलो योजना हो ।” पुरातत्व विभागसँगको समन्वयमा घरलाई एउटै शैलीमा तयार पारिएको छ । कामपा–१५ का वडा सदस्य आनन्द गौतमका अनुसार पुनःनिर्माणका लागि करीब रु १७ करोड लागत अनुमान गरिएको थियो । सोमध्ये रु १३ करोड ५२ लाखमा पुनःनिर्माण सम्पन्न गरिएको हो । सो लागतमध्ये ३० प्रतिशत घरधनी र बाँकी १७ औँ अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले बेहोरेका हुन् ।
पुनःनिर्माणको काम २०७५ पुस ३० गतेदेखि थालनी गरिएको थियो । पुनःनिर्माण गरिएका घर घरधनीबाट एकपछि अर्कामा पुस्तान्तरण गर्न मिले पनि बेचविखन गर्न भने पाइने छैन ।
–––रासस
















रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
राजनीतिक र कानुनी माेर्चाका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
एमाले विद्यार्थी संगठनले भृकुटीमण्डपमा छुट्टै विरोध प्रदर्शन गर्दै
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
प्रतिक्रिया