राजमार्गको विस्तारसँगै लालीघाट र जितेगडा बजार सुनसान

कालीकोट । राजमार्गको विस्तारसँगै कुनै बेला निकै ठूलो बजारका रूपमा विकास भएका कालीकोटका लालीघाट बजार र जितेगडा बजार अहिले सुनसान भएका छन् । कर्णाली राजमार्ग र कालीकोट–जुम्ला राजमार्ग जोड्ने संगमस्थलका रूपमा रहेका लालीघाट बजार र जितेगडा बजार अहिले सुनसान भएका हुन् ।
कुनै बेला हुम्ला, मुगु, बाजुरा र कालीकोटका बासिन्दाको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेका नरहरिनाथ गाउँपालिका-१ को लालीघाट बजार र खाँडाचक्र नगरपालिका–२ मा पर्ने जितेगडा बजार अहिले सुनसान छन् ।
विगतमा दैनिक लाखौँको व्यापार हुने लालीघाट बजार र जितेगडा बजार अहिले पूरै खाली रहेका छन् । विगतमा सडकको पहुँच नहुँदा लालीघाट बजार जितेगडा बजारमा हुम्ला, मुगु, बाजुरा र कालीकोटका प्रमुख व्यापारिक केन्द्र रहेकामा अहिले गाउँ–गाउँमा सडक पुगेपछि बजार नै अहिले सुनसान बनेको जितेगडा बजारमा लामो समय व्यापार गरेका कालीकोट उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष तिलबहादुर शाहीले बताए ।
“हुम्ला जाने कर्णाली राजमार्ग नखुल्दासम्म लालीघाट र जितेगडा बजारमा लाखौँको व्यापार हुने गरेको थियो”, उनले भने, “अहिले गाउँ गाउँमा सडकको पहुँच पुगेको छ, कर्णाली राजमार्गले अहिले बाजुरा, मुगु हुँदै हुम्लासम्म सडक पुगेका कारणले व्यापार बन्द भयो ।” सडक सञ्जाल सबै ठाउँमा नपुगेका बेला राम्रो व्यापारिक केन्द्रका रूपमा रहेका बजार सडक पुगेपछि व्यापार हुन छाडेका कारणले आफू सुर्खेत झर्नुपरेको शाहीले बताए ।
“निकै चहलपहल भइरहने बजार अहिले सुनसान छ”, उनले भने, “विगतका व्यापारिक केन्द्रका व्यापारी अहिले कुनै गाउँमा नै जानुभयो, कोही व्यापारी अहिले खाली बस्नु भएको छ ।” कर्णाली राजमार्ग र कालीकोट–जुम्ला राजमार्ग निर्माणसँगै बनेका ठाउँ बजार भएका तथा कर्णाली नदी र तिला नदीको बाढी पहिरोको उच्च जोखिममा रहेकाले व्यापारीले जोखिम मोल्न नचाहेका कारण पनि बजार बन्द हुन पुगेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए ।
कर्णाली नदी र तिला नदीको किनार रहेको जिते बजार तथा लालीघाट बजार बाढीको उच्च जोखिममा रहेकाले कारणले यी बजारलाई अयन्त्र सर्न पुगेका अध्यक्ष विष्टले बताए । “विसं २०७३ मा बाढीपहिरोले लालीघाटमा आठ जनाको ज्यान गएको थियो”, उनले भने, “पहिला व्यापार राम्रो हुने भएका कारणले पनि व्यापारीले बजार सार्न मानेका थिएनन्, अहिले व्यापार कम हुँदै गएका कारणले बजार बन्द भएर सुनसान भएका हुन् ।”
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया