पोखरामा फेवा संवाद हुँदै
मेरोन्यूज
२०८१ पुष ३ गते १९:४१
गण्डकी। त्रिभुवन विश्वविद्यालय र चीनको सिछुवान विश्वविद्यालयको संयुक्त आयोजनामा भोलिदेखि पोखरामा फेवा संवाद हुँने भएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक खड्ग केसीले दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरूसँगको सहकार्य अभिवृद्धि गर्नु सम्मेलनको उद्देश्य भएको बताए ।
संवादका माध्यमबाट विश्वका प्रभावशाली मुलुकका विश्विद्यालयसँग सहकार्य गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आङ्काक्षा पूरा गर्ने दिशामा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
सम्मेलनमा चीनका ३०, नेपालबाट २०, भारत, पाकिस्तान, श्रीलङ्काबाट तीन–तीन जनाका साथै भुटान, मलेसिया, सिङ्गापुर, इण्डोनेसियाका विश्वविद्यालयबाट अध्यापकहरू सहभागी हुने जानकारी दिए ।
सम्मेलनको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।
सम्बन्धित
















भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया