राज्य व्यवस्थासहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्य व्यवस्था समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सीईडीएडब्लु को आधारभूत सिफारिस नंम्बर ३९ का सम्बन्धमा छलफल हुनेछ ।यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा स्थलगत अनुगमन प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवसायको आवश्यकता सम्बन्धमा सङ्कल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट समिति समक्ष पेस भएको प्रतिवेदन उपर छलफल हुनेछ ।राज्य व्यवस्था समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफलको कार्यसूची रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने तयारी छ ।
















एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन – डा हेमराज शर्मा
ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया