मकवानपुरका सङ्क्रमितको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १० गते १७:५५

मकवानपुर । मकवानपुरका एक कोरोना सङ्क्रमितको उपचारका क्रममा यहाँ मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–४ का ५० वर्षीय पुरुष रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गिताञ्जलि ढकालका अनुसार उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज दिउँसो १२ः४५ बजे मृत्यु भएको हो । छाती र फोक्सोसम्बन्धि समस्या भएका उनमा यही वैशाख ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख ६ गते भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएका उनको मृत्यु भएको हो । रासस
सम्बन्धित















सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया