अर्जुनधारा र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापना

बनियानी (झापा)। अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार नगरपालिकामा आयोजित एक कार्यक्रममा अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन र जापानको टोनो सिटीका मेयर काजुहिको ताडाले दुवै भगिनी सम्बन्ध स्थापित गरेर अगाडि बढ्ने प्रतिबद्धतासहित समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
कृषि र स्वास्थ्य क्षेत्र साथै विभिन्न क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको नगरप्रमुख गोम्देनले बताए। मैत्रीपूर्ण निमन्त्रणामा जापानको तोनो सिटीका मेयर ताडासहितको ११ जनाको टोली दुईदिने भ्रमणका लागि अर्जुनधारा नगरपालिका आएको उहाँले बताए ।
मेयर ताडासहितको टोलीले अर्जुनधारमा स्थापना भएको विपद् केन्द्र र कृषि बजारको स्थलगत अवलोकन पनि गरेको छ । जापानको टोलीमा मेयर काजुहिको ताडासहित ‘डाइरेक्टर अफ इण्डष्ट्री डिपार्टमेन्ट मानमी सासाकी, इण्डष्ट्री प्लानिङ डिभिजन चिफ इग्जानमिनर यासुहिको कुराउची, चेरमेन अफ सिटी काउन्सिल तसुतोमु ताडा, भाइस चेयरमेन अफ द स्टाण्डिङ कमिटी अन इन्डस्ट्री एण्ड कन्ट्रक्सन हिरोसी किकोची, स्टाण्डिङ कमिटी मेम्बर फर इण्डष्ट्री एण्ड कन्ट्रक्सन योसियुकी किकुची, प्रेसिडेन्ट एण्ड सिइओ अफ सुकुभा प्रिसिजन यासुसी किकुचीलगायत सहभागी छन् । उनीहरूलाई नगर परिसरमा नौमती बाजासहित स्वागत गरिएको थियो ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया