उत्कृष्ठ काम गर्ने ६५१ प्रहरी पुरस्कृत

मकवानपुर । वाग्मती प्रदेशमा कारवाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको सङ्ख्यामा वृद्धि भएको छ । विगतका समयमा प्रहरीले सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेपछि कारवाहीमा पर्ने क्रम बढे पनि पछिल्लो समय भने राम्रो काम गरेबापत पुरस्कृत हुने सङ्ख्यामा वृद्धि भएको हो ।
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार चालू आर्थिक वर्षको हालसम्ममा पुरस्कृत हुनेमा ६५१ तथा कारवाही हुनेमा २०३ प्रहरी अधिकृत तथा जवान रहेका छन् । कार्यालयले प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसहिंता कार्यादेश–२०७७ लाई कार्यान्वयनमा ल्याई कारवाही तथा पुरस्कृत गर्दै आएको छ ।
यसैगरी आर्थिक प्रलोभन देखाई प्रहरीलाई घुस दिन खोज्ने एक हजार ८७० सवारीलाई कारवाहीको दायरामा ल्याएर रु १९ लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ भने रु तीन लाख ४५ हजार घुस रकम फिर्ता गरेको छ । त्यस्तै प्रदेश प्रहरी कार्यालय मातहतका ४८ प्रहरी एकाइको भवन निमार्ण गरिएको छ भने २१ एकाइका भवन निर्माणाधिन अवस्थामा रहेको कार्यालयले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष बन्द, हडताल, चक्का जामजस्ता घटनामा कमि आएको छ । गत वर्ष विभिन्न जिल्लामा नेपाल बन्दका दुई, आमहडतालका एक, चक्काजामका २४, धर्नाका ११, तालाबन्दीका २७, विरोध र्यालीका ३१०, मशाल जुलुसका २८, आमसभा तथा कोणसभा ४७ वटा घटना भएको कार्यालयले जनाएको छ ।















तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच
इरान युद्धमा ट्रम्पको कडा चेतावनी
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
कांग्रेस संसदीय दलको बैठक बस्दै
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया