पोर्चुगलमा कन्सुलरले २१ तारिखसम्म घुम्ति सेवा दिने

लिस्बन। पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्न आएको फ्रान्सस्थित नेपाली दूतावासको टोलीले कन्सुलर सेवा २१ तारिखसम्म जारी राख्ने भएको छ।
टोलीले बुधबारदेखि लिस्बनस्थित ओलाइसमा सञ्चालित घुम्ती शिविरबाट कागजात प्रमाणीकरणलगायत कन्सुलर सेवा दिन सुरु गरेको थियो।
बुधबार पहिलो दिन एक सय पाँचवटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र ३९ वटा अन्य कागजात प्रमाणीकरण गरिएको टोलीले जनाएको छ । भने थप ३७ वटा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि सङ्कलन गरिएको छ ।
प्रहरी रिपोर्टलगायत कागजात प्रमाणीकरण सम्बन्धी समस्यामा परेका नेपालीको सहजताका लागि शिविर अवधि थप गरेर कन्सुलर सेवा दिन सुरु गरिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए ।
टोलीले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायत सम्पूर्ण कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा प्रदान गर्ने राजदूत भट्टराईले बताए ।
१२ डिसेम्बरदेखि सञ्चालन भएको राहदानी वितरण शिविरबाट बुधबारसम्म दुई हजार चार सय १० वटा विद्युतीय राहदानी वितरण गरिएको र बाँकी रहेका राहदानी वितरणको प्रक्रियामा रहेको उहाँले जानकारी दिए।
टोलीले डिसेम्बर २१ तारिखसम्म राजधानी लिस्बनमा रहेर कन्सुलर सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । घुम्ती शिविरमार्फत राहदानीसँगै कन्सुलर सेवा पाउँदा विशेषतः यहाँको आवास अनुमतिपत्र (रेसिडेन्सी कार्ड)का लागि बायोमेट्रिकको प्रक्रियामा रहेका नेपालीहरू बढी लाभान्वित भएका छन् ।

















चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया