‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’

दाङ । केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका-१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो ।
वर्षौँदेखि आजित बनेका उनले अचेल भने त्यसबाट मुक्ति पाएका छन् । पानीको निकासका लागि नालीसहितको सडक बनेपछि समस्या समाधान भएको हो । अब चाँडै सडक कालोपत्र भएमा धुवाधुलोबाट समेत मुक्ति मिल्ने उनको अपेक्षा छ ।
“वर्षामा घरभित्रै पानी आउँथ्यो, पटक-पटक वडालाई भने, यस पटक भने सुनुवाइ भयो, अब घरभित्रै पानी पस्ने अवस्था आउने छैन”, विकले भने ।
वडाले रु. तीन लाख बजेटमा कचेलीदेखि लामिडाँडासम्म तीन सय ३५ मिटर नाला निर्माण गरेको छ ।
यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका-१२ क्वाङी विगतको वर्षादमा डुबानमा पर्थ्यो । गाउँको पानी निकास नहुँदा यसरी डुबान हुने गर्थ्यो । यहाँ पनि ‘पनफकुवा’ नाला निर्माण भएपछि त्यो समस्या पनि हटेको स्थानीय नदीमा चौधरीले बताए । “पहिले वर्षा भयो की डुबानमा पर्थ्यो । अब निकासका लागि पनफकुवा नाला निर्माण भइसकेकाले त्यो समस्या हटेको छ ।”
तुलसीपुर उपमहानगरपालिका-१२ ले चालु आर्थिक वर्षमा रु. तीन लाख बजेटमा यहाँ ७५ मिटर लामो नाला निर्माण गरिएको छ । वडाध्यक्ष खुसीराम चौधरीले सानो बजेटले ठूलो उपलब्धि गर्ने नीतिअनुसार समस्या समाधानका लागि काम भएको बताए । “जनताका समस्या धेरै ठूला पनि हुँदैनन्, ससाना समस्या हल गर्यौँ भने पनि त्यसले राम्रो प्रभाव पार्छ”, उनले भने, “तीन लाख बजेटले मात्रै हामीले स्थानीयलाई खुसी दिन सकेका छौँ ।”
गाउँ नै डुबानमा पर्ने समस्या लिएर आएपछि आफूले सोही ठाउँमा बजेट विनियोजन गर्न सहजीकरण गरेको चौधरीले बताए ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया