जुम्लामा लोप हुँदै तरबार नाच

जुम्ला। शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच जिल्लामा पछिल्लो समय लोप हुँदै गएको छ । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग, पुस्ता हस्तान्तरण नहुनुलगायत कारणले तरबार नाच लोप हुँदै गएको हो । परम्परागत नाचको पुस्तान्तरण गर्दै यसको संरक्षण गर्नुपर्नेमा स्थानीय सरोकार भएका निकायले चासो नदिँदा लोप हुँदै गएको बुढापाका बताउँछन् । पुरुषमात्र सहभागी हुने तरबार नाच लोप हुने चिन्तामा जुम्लीवासी छन् ।
तिला गाउँपालिका–१ का स्थानीय करे परियारले शुभकार्य र चाडपर्वमा सधैँ नाचिने तरबार नाच नयाँ पुस्ताले नसिक्दा, स्थानीय निकायले संरक्षणर प्रवर्द्धनमा योजनाबद्ध काम नगर्दा लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । “स्थानीय सरकार यसको संरक्षणर पुस्तान्तरणमा काम गर्नुपर्नेमा चासो देखाएको छैन ।
युवावर्गले पनि रुचि देखाएका छैनन् । पुर्खाको सम्पत्तिका रूपमा रहेको तरबार नाचको संस्कृतिलाई बचाइराख्ने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ”, सिञ्जा गाउँपालिका–२ का मुनप्रसाद शर्माले भन्नुभयो । । जुम्लासहित माथिल्लो कर्णालीका जिल्लामा विशेषगरी विवाह, व्रतबन्ध, चाडपर्व र सभासमारोहमा पुरुषले तरबार समातेर नाचिने नाच पुर्खादेखिको संस्कृति लोप हुन लागेकामा स्थानीय चिन्तित छन् ।
सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले खस साम्राज्यसँग जोडिएको पुर्खादेखि परम्परागत महत्व बोकेको तरबार नाचलाई संरक्षण र पुस्तान्तरण गर्न पालिकाको ध्यानाकर्षण भएको बताए । यो नाच परम्परागत सांस्कृतिक सम्पदा तथा मौलिक संस्कृतिका रूपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा पालिकाले विशेष योजना बनाएर कार्यान्वयन गर्ने उहाँको भनाइ छ ।
खस संस्कृतिसँग जोडिएको तरबार नाचलाई लोपोन्मुख हुन नदिन पालिकाले आवश्यक बजेट व्यवस्थापन गरी संरक्षण गर्ने अध्यक्ष धितालले बताउनुभयो । आधुनिक युगमा प्रविधिको सहज पहुँचले परम्परागत संस्कृति, पहिचान तथा नाच लोप हुँदै गएकाले सयको संरक्षणमा स्थानीयले पनि समन्वय गर्नुपर्नेमा उनले जोड दिए ।
माथिल्लो कर्णालीका केही जिल्लाका फाट्टफुट्ट विवाह तथा सभासमारोहमा तरबार नाच खेलाउने गरिए पनि पहिलेको जस्तो रौनक र उत्साह नभएको जुम्लाको संस्कृतिका जानकार रमानन्द्र आचार्यले बताए । “अहिले सबैका हातहातमा मोबाइल छन् । आधुनिकताका नाममा लोक संस्कृति हराउँदै गएको छ । यसको संरक्षण र पुस्तान्तरणमा स्थानीय सरकारले पहल गर्नुपर्छ”, उनले भने ।














उत्तरायणको पहिलो दिनः आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया