शुक्रबार, वैशाख १९, २०८२

अखिल क्रान्तिकारीको निर्वाचन तालिका सार्वजनिक

मेरोन्यूज २०८१ पुष ९ गते १८:४४

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

गत असोजमा आयोजित २३ औं राष्ट्रिय सम्‍मेलनमा विवादका कारण नेतृत्व चयन गर्न नसकेको अखिल क्रान्तिकारीले तीन महिनापछि निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार पुस १० गतेदेखि निर्वाचन कार्यक्रम प्रारम्भ हुनेछ ।

क्रान्तिकारीले सङ्गठनमा उमेरहद लागू गर्ने कि नगर्ने भन्ने छिनोफानो पनि निर्वाचनद्वारा नै गर्दैछ । त्यसका लागि पुस १३ गते मतदान हुँदैछ ।

प्रतिक्रिया