सीमा क्षेत्रमा स्थानीय प्रशासनको अनुगमन

जलेश्वर भारतसँग सीमा जोडिएका महोत्तरीका सीमा नाकामा स्थानीय प्रशासनले अनुगमन बढाएको छ । सीमा क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन जिल्ला प्रशासन कार्यालयको अगुवाइमा अनुगमन थालिएको हो । मङ्गलबार प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी नेतृत्वको टोलीले अनुमतिपत्र नलिइ सञ्चालन भएका मदिरालगायत सामग्री बेच्ने पसल बन्द गराइएको बताए ।
भारतको विहार राज्यमा मदिरा प्रतिबन्ध भएका कारण नेपाल–भारत सीमा क्षेत्रमा मदिराको अवैध कारोबार बढेको स्थानीयको गुनासो बढेपछि स्थानीय प्रशासनले अनुगमन थालेको हो ।
सीमा क्षेत्रका मटिहानी,पर्सा पतैली,मलिवाडा भिठामोड, थरुवाही, नैन्ही, मरुवाही, बथनाहा, सम्सी, रघुनाथपुर, कटीकटैयामा स्थानीय प्रशासनले अब निरन्तर अनुगमन गर्ने जनाइएको छ । अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, बल, राष्ट्रिय अनुसन्धान विभाग, करदाता सेवा कार्यालयका अधिकारीहरू थिए ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया