पोखराको शहीद चोकलगायत क्षेत्रलाई निषेधमुक्त गर्न रास्वपाको माग

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक लगायत क्षेत्रलाई निषेधित क्षेत्र हटाउन माग गरेको छ ।
मंगलबार रास्वपाका नेताहरूले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई भेटेर पोखराको सहिदचोक, लेकसाइडलगायत क्षेत्रमा दुई महिनादेखि जारी निषेधित क्षेत्र हटाउन जिल्ला प्रशासन समक्ष माग गरेको हो ।
रास्वपाले इसायी धर्मालम्बीहरुको विशेष पर्व क्रिसमस र अंग्रेजी नयाँ वर्षका अवसरमा पोखरा आउने पर्यटकलाई समस्या हुने भएकाले निषेधित क्षेत्र हटाउन माग गरेको हो ।
पार्टी सभापति रवि लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएपछि कत्तिक ३ गतेबाट जिल्ला प्रशाासन कार्यालय कास्कीले पोखराको सहिदचोकदेखि लेकसाइडको स्ट्रिट–१ सम्मको क्षेत्रलाई निषेधित घोषणा गरेको थियो ।
यस्तै लेकसाइड प्रवेशको मुख्यमार्गमा दुई महिनाभन्दा बढी समयदेखि निषेधित क्षेत्र कायम रहँदा पर्यटकको आवागमन तथा व्यापार व्यवसायमा असर परिरहेको रास्वपाले उल्लेख गरेको छ ।








एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया