सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
मेरोन्यूज
२०८१ पुष १० गते ११:५१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको मूल्य तोलामा एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५ रुपैयाँले घटेर एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य एक हजार आठ सय ५ रुपैयाँ थियो ।
सम्बन्धित
प्रतिक्रिया