महुली लघुवित्तको एफपीओमा कति पर्याे आवेदन ?
मेरोन्यूज
२०८१ पुष १० गते १६:१४

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा ५२ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आज विहान १० बजेसम्मको अन्तिम तथ्याङक अनुसार एफपीओमा १७ लाख ८७ हजार ३९१ जना आवेदकबाट २ अर्ब ४९ करोड ३ लाख ६१ हजार रुपैयाँ बराबरको २ करोड ४९ लाख ३ हजार ६१० कित्ताका लागि आवेदन दिएका हुन् ।
मागभन्दा बढी आवेदन परेकाले कम्पनीको एफपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुने बताइएको छ । यो एफपीओ ४७ हजार ५४४ जना आवेदकले १० कित्ताका दरले पाउनेछन् भने तिनै भाग्यमानी मध्ये ९ जनाले थप एक एक कित्ताका दरले शेयर पाउनेछन् ।
कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ पुस ५ गतेदेखि जारी गरेको थियो । धितोपत्र दोस्रो बजारमा सूचीकृत यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ४९० रुपैयाँ कायम छ ।
सम्बन्धित










मुलुक निर्वाचनमा होमिइसक्याे : मन्त्री खरेल
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष श्रेष्ठ र सदस्य हाडाले लिए शपथ
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने सरकारकाे निर्णय
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
उत्कृष्ट खेलाडी बन्दै रोहित पौडेलले जिते कार
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रतिक्रिया