पोखरामा ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता

कास्की। देशको पर्यटकीय राजधानी सहर पोखरामा यही पुस ११ गतेदेखि २१ औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’ प्रतियोगिता सञ्चालन हुने भएको छ। कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजकले आज पत्रकार सम्मेलन मार्फत जनाएको छ।
यही पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ ‘सिंगल्स’ र ‘डबल्स’ तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथि उमेर सूमहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नवीन चालिसेले जानकारी दिए।प्रतियोगितामा सहभागिताका लागि नेपालका विभिन्न प्रदेश र जिल्लाहरुसहित छिमेकी देश भारत, भुटान, बेलायत, जापान, हङकङलगायतका मुलुकहरुबाट खेलाडीहरु पोखरा आइपुगेका छन्।
खुलातर्फ नेपालका शीर्ष वरियताका प्रदीप खड्कासहित जितेन्द्र परियार, कमल भण्डारी, आरभ सम्राट हाडा, नेहालजंग थापा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङ लगायतका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले बताए।
अधिकारीका अनुसार पुरुष एकलतर्फ ३१ खेलाडी, महिला एकलमा ११ खेलाडी, ३५ वर्षमाथि ३२, ४५ वर्षमाथि २९ खेलाडी, ५५ वर्षमाथि २० जना सहित एक सय बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महिला तथा पुरुष एकलतर्फ विजेताले नगद रु ८० हजार उपबिजेताले रु ४० हजार सहित ट्रफि तथा सेमिफाइन लिस्टले नगद रु २० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन्।
महिला तथा पुरुष डबल्स तर्फ विजेताले नगद रु ३० हजार उपबिजेताले रु १५ हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक चालिसेले जानकारी दिए।
यसैगरी ३५ वर्ष माथिको एकलतर्फ विजेताले नगद रु ६० हजार उपबिजेताले रु ३० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद रु १५ हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन्। यसैगरी ३५ वर्ष माथिको डबल्स बिजेताले नगद रु २० हजार उपविजेताले रु १० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन्।आयोजकका अनुसार ४५ वर्ष माथिको एकलतर्फ विजेताले नगद रु ४० हजार उपबिजेताले रु २० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन्। ४५ वर्ष माथिको डबल्स विजेताले नगद रु २० हजार उपविजेताले रु १० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने बताइन्छ।
नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले यो प्रतियोगिता नेपालकै टेनिस इतिहासमा सबैभन्दा लामो समयसम्म निरन्तर रुपमा आयोजना भएको र खेल पर्यटन प्रवर्द्धनका लागि सहयोगी भएको बताए। कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले प्रतियोगिताले पोखराको खेल पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।
















निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
प्रतिक्रिया