पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्योः सभापति देउवा
मेरोन्यूज
२०८१ पुष १३ गते १४:३६

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिका पूर्वप्रमुख पिएल सिंहलाई मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धाको रुपमा स्मरण गरेका छन् ।
कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँद्वारा स्वर्गीय सिंहको १३औँ पुण्यतिथिमा आज भएको श्रद्धाञ्जलीसभामा पूर्वप्रधानमन्त्री देउवाले जनसम्पर्क एवं लोकप्रियताका आधारमा उनी.समकालीन नेताहरुमा धेरै अगाडि रहेको स्मरण गरे ।
सभापति देउवाले प्रजातान्त्रिक आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्ध उनले लौहपुरुष गणेशमान सिंहको परिवारको मात्र नभई सम्पूर्ण काठमाडौँवासीको सेवामा आफ्नो जीवन समर्पण गरेको बताए ।
कांग्रेसको संस्थागत साङ्गठनिक विकासमा उनले निर्वाह गरेको भूमिकाको सराहना गर्दै स्वर्गीय सिंहले देखाएको बाटोमा इमान्दार भएर लाग्न पार्टीका नेता तथा कार्यकतालाई उनले आह्वान गरे ।
सम्बन्धित

















Jumla folks protest ambulance fare hike
नवलपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
अफगानिस्तानको दुई सडक दुर्घटनामा ६ जनाको मृत्यु, १४ घाइते
Birgunj Customs Office collects Rs 135.48 bn in revenue in seven months
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
इटालीसँग नेपालको लज्जास्पद हार
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
साँढेको जुधाइ, बाच्छाको मिच्याइँ नहोस् : प्रचण्ड
प्रतिक्रिया