शनिबार, चैत ७, २०८२

सशस्त्र प्रहरीमा ‘ग्रासरुट’ फुटबल प्रशिक्षण

मेरोन्यूज २०८१ पुष १३ गते १६:४४

काठमाडौं । दक्ष र अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बलमा पहिलो पटक ‘ग्रासरुट फुटबल प्रशिक्षण–२०८१’ सञ्चालन भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा आज आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ग्रासरुट फुटबलका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक जिवेश पाण्डेलाई फुटबल हस्तान्तरण गरे।

सो क्रममा महानिरीक्षक अर्यालले ग्रासरुट फुटबल प्रशिक्षणले बालबालिकाहरूको बौद्धिक, भावनात्मक र शारीरिक विकासमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे। यसअन्तर्गत ६ देखि १५ वर्षसम्मका बालबालिकालाई फुटबल प्रशिक्षण दिएर उत्कृष्ट खेलाडी उत्पादन गर्ने राखिएको छ ।

महानिरीक्षक अर्यालले फुटबल खेलमा रुची राख्ने सम्पूर्ण बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू र सर्वसाधारणका सन्ततिलाई अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराई उत्कृष्ट खेलाडी तयार पार्न ग्रासरुट फुटबल प्रशिक्षण कार्य सफल हुने विश्वास व्यक्त गरे।

सोही अवसरमा महानिरीक्षक अर्यालले प्रधान कार्यालय परिसरमा नवनिर्मित बक्सिङ रिङको समेत उद्घाटन गरे। उनले बक्सिङ विधाका खेलाडीलाई प्रशिक्षणमा सहजताका लागि आधारभूतस्तरको नेपाल एपिएफ बक्सिङ प्रशिक्षण रिङको निर्माण गरी प्रशिक्षण गराउन लागिएको बताए।

ग्रासरुट फुटबल प्रशिक्षणमा वहालवाला सशस्त्र प्रहरी कर्मचारीका एक सय २९ सन्तति, अमर तथा अवकाशप्राप्त सशस्त्र प्रहरीका चार सन्तति र सर्वसाधारण नागरिकका एक सय ३५ सन्नति गरी कुल दुई सय ६८ जना सहभागी रहेका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया