लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण छः मन्त्री राणा

कैलाली । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्।
शनिबार धनगढीमा आयोजित नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा उनले लोकतन्त्र र प्रजातन्त्र स्थापनामा पत्रकारिता क्षेत्रले सुरुआती दिनदेखि नै सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गरिन्।
मन्त्री राणाले लोकतन्त्र स्थापना र यसको सदृढीकरणमा सङ्गठित रूपमा भूमिका खेल्दै आएको महासङ्घको औँचित्य निरन्तर बढ्दै गएको समेत बताइन्।
‘पत्रकार महासङ्घले पेसागत हकहितबाहेक व्यावसायिक र मर्यादित पत्रकारिताका लागिसमेत योगदान गर्दै आएको छ। त्यसैले पत्रकारिता क्षेत्र बलियो भएमा लोकतन्त्र पनि बलियो हुन्छ भन्ने मेरो बुझाइ छ। यसकारण मैले महासङ्घलाई एउटा बलियो नागरिक संस्थाका रूपमा बुझेको छु,’ उनले भनिन्।
मन्त्री राणाले नेपालको संविधानले निर्वाध प्रेस स्वतन्त्रतालाई जोड दिएको उल्लेख गर्दै त्यसको सही प्रयोग गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याइन्। ‘आजभोलि सोसल मिडियाको प्रयोग बढ्दै गएको छ। यस्तो अवस्थामा के कुरालाई महत्व दिने भन्ने सन्दर्भमा हामी सचेत हुनुपर्छ। लोकतन्त्र, समाजवाद, राष्ट्रियतालाई बलियो बनाउने कुरामा पत्रकारिता क्षेत्र र सबैले निरन्तर प्रयास गरिरहन आवश्यक छ,’ उनको भनाइ थियो।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया