दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना
मेरोन्यूज
२०८१ पुष १४ गते ८:०२

सियोल। दक्षिण कोरियामा विमान दुर्घटना भएको छ । कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको सो विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।
उसका अनुसार विमान धावनमार्गबाट बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो ।समाचार अनुसार १७५ यात्रु र ६ जना उडान दलका सदस्य रहेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।
योनहापका अनुसार उद्धार अभियान जारी रहँदा एक व्यक्ति जीवितै फेला परेका छन् । उद्धार कार्य जारी रहेको जनाउँदै सो समाचार एजेन्सीले थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
सम्बन्धित
















PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
निर्वाचन सफल पार्न सहयोग गरेकाेमा नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद
बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया