माओवादीको पदाधिकारी बैठक बस्दै
मेरोन्यूज
२०८१ पुष १४ गते १४:२१

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।
विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेरहद सम्बन्धी मतगणनामा भएको विवाद मिलाउन माओवादीले बैठक बोलाएको हो ।
बैठक आइतबार दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने छ ।
अखिल क्रान्तिकारीको नेतृत्वमा उमेर हदको छिनोफानोका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक गरिएको छैन।
शनिबार बेलुका ७ बजे मत गनेर सकिएपनि परिणाम सार्वजनिक नगरी निर्वाचन समितिका पदाधिकारीहरू पार्टीका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।
साेही विवाद मिलाउन अध्यक्ष प्रचण्डले बैठक बाेलाएकाे बुझिएको छ ।
सम्बन्धित
प्रतिक्रिया