काठमाडौंको गोकर्णेश्वरमा श्राद्ध गर्नेहरुको भिड (तस्बिरहरू)

काठमाडौं । पुषे औँसी तिथीमा गरिने तीर्थ (गया) श्राद्ध आज विभिन्न तिर्थस्थलहरुमा विधिपूर्वक गरिँदैछ। पौष कृष्ण औँसीमा पितृको सम्झनामा नेपालको उत्तरगया मानिने गोकर्णमा गएर श्राद्ध गर्ने परम्परा छ।
वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने नियम छ।सूर्य दक्षिणायनको अन्तिम औँसीमा आज हिन्दु धर्मावलम्बीहरुले पितृलाई श्रद्धापूर्वक तर्पण, सिधादान र पिण्डदान गरी श्राद्ध गर्दैछन्। पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको हो।
आज काठमाडौको गोकर्णेश्वर उत्तरगया, तनहुँको त्रिवेणीधाम देवघाट, गुल्मीको रिडी, नुवाकोट र रसुवाको सङ्गम स्थल बेत्रावती लगायतका तीर्थस्थलमा श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । गया लगायतका तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ।



तस्बिर : रासस

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया