काठमाडौंको गोकर्णेश्वरमा श्राद्ध गर्नेहरुको भिड (तस्बिरहरू)

काठमाडौं । पुषे औँसी तिथीमा गरिने तीर्थ (गया) श्राद्ध आज विभिन्न तिर्थस्थलहरुमा विधिपूर्वक गरिँदैछ। पौष कृष्ण औँसीमा पितृको सम्झनामा नेपालको उत्तरगया मानिने गोकर्णमा गएर श्राद्ध गर्ने परम्परा छ।
वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने नियम छ।सूर्य दक्षिणायनको अन्तिम औँसीमा आज हिन्दु धर्मावलम्बीहरुले पितृलाई श्रद्धापूर्वक तर्पण, सिधादान र पिण्डदान गरी श्राद्ध गर्दैछन्। पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको हो।
आज काठमाडौको गोकर्णेश्वर उत्तरगया, तनहुँको त्रिवेणीधाम देवघाट, गुल्मीको रिडी, नुवाकोट र रसुवाको सङ्गम स्थल बेत्रावती लगायतका तीर्थस्थलमा श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । गया लगायतका तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ।



तस्बिर : रासस












यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय
सुदूरपश्चिममा निर्वाचन प्रहरीमा चार हजारभन्दा बढीको आवेदन
Party unity imperative: Leader Koirala
NC’s SGC endorses working procedure, proposes dissolution of central leadership
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया