रौतहटमा आगलागी हुँदा २० भन्दा बढी घर जले
मेरोन्यूज
२०८१ पुष १५ गते १२:०३

रौतहट । रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका-५ स्थित पासवान टोलमा आइतबार मध्यरात भीषण आगलागी भएको छ। आगलागीबाट २० भन्दा बढी घर जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको हो।
आगलागीको खबर पाएलगत्तै प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलबिछवा र गौर नगरपालिकाको वारुणयन्त्र घटनास्थल पुगेको थियो । आगो मध्यराति लागेका कारण बढी क्षति भएको प्रहरीको भनाइ छ ।
आगलागीका कारण मानवीय क्षति नभए पनि लता कपडा, अन्नलगायत जलेको प्रहरीले जनाएको छ ।
घरमा राति सुतेका बेलामा आगलागी भएकाले सरसामान निकाल्न नपाएको प्रहरीले बताएको छ ।
सम्बन्धित
















एकैघरका दाजुभाइले पाए पहिलोपटक आमाको नामबाट नागरिकता
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
शरीरमा भिटामिन डी को कमी हुँन नदिन यस्ता घरेलु उपाय अपनाउनुहाेस्
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया