कांग्रेस–एमालेलाई असफल हुने छुट छैन : शंकर पोखरेल
मेरोन्यूज
२०८१ पुष १५ गते १३:०५

काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारमा सहभागी दुई प्रमुख पार्टी कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताएका छन् ।
नेकपा (एमाले) दाङ प्रचार तथा प्रसार विभागले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा पोखरेलले अस्थिरता अन्त्यका लागि ठूला दल मिलेर सरकार बनाइएको बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको दाबी गरे । अस्थिरताको हौवाबाट तर्सिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै महासचिव पोखरेलले चुनौतीको सामना गर्ने गरी गतिलो गृहकार्य गरेर दुई दल अघि बढेको जिकिर गरे ।
संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
सम्बन्धित
















मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया