मालबाहक ट्रकमा १६१ किलो गाँजा फेला, दुई जना पक्राउ

पर्सा। पर्सा प्रहरीले वीरगञ्जबाट १६१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ कमाने बस्ने ४४ वर्षीय कृष्ण घलान र चितवन राप्ती नगरपालिका-३ बस्ने २० वर्षीय रोनाल विश्वकर्मा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले परवानीपुरबाट ड्राइपोर्टतर्फ जाँदै गरेको ना३ख ४२१२ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा आइतबार राति गाँजा फेला पारेको हो।
पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार महानगरपालिका-१८ भवानीपुर सीताराम चोकस्थित सडकबाट उक्त परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो।
ट्रकको हुटमा फल्स बनाई प्लाष्टिकमा बेरेर राखिएको १६ वटा पोकामा उक्त परिमाणको गाँजा फेला परेको लम्सालले बताए।
कृष्ण ट्रकका चालक हुन् भने रोनाल ट्रकमा सवार व्यक्ति थिए। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया