कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले नेपाली कला, संस्कृति, सम्पदा र इतिहासको संरक्षण तथा अभिलेखीकरण गर्न जरुरी रहेको बताएकी छन् । नेपालमा व्यवस्थित अभिलेख नभएको र भएका अभिलेख पनि व्यक्तिले संरक्षण गरेर राखेको पाइएको उल्लेख गर्दै उनले राज्यले नै कला, संस्कृति र इतिहास संरक्षण गर्न आवश्यक देखिएको बताइन् ।
काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज भएको सीसी कला प्रदर्शनीको उद्घाटन गर्दै उपसभामुख रानाले भनिन्, ‘नेपाली इतिहास दबिँदै गएको छ, यसको संरक्षण गर्न जरुरी छ ।’ उनले सीसीभित्र नेपालका सुन्दर इतिहास, कला संस्कृति, सम्पदा उतारिनु अनुकरणीय काम भएको उल्लेख गरिन् ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कार्यवाहक कुलपति लालकाजी लामाले वास्तु संरचना र इतिहासलाई सिसाभित्र प्रस्तुत गरिनु महत्वपूर्ण भएको बताए ।
प्रतिष्ठानका पूर्वकुलपति कान्छाकुमार कर्माचार्यले नेपालमा नेपाली कलाकारले सिसाभित्र कला कोरेको र प्रदर्शनी गरेको यो नै पहिलो भएको दाबी गर्दै यस्ता कला संस्कृति जोगाउन जरुरी रहेको बताए ।
कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य सञ्जय वान्तवा, अरुणा हिङमाङ, डा राजु मानन्धरलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
















दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया