सलमानको ‘सिकिन्दर’ काे टिजरले तोड्यो रेकर्ड

मुम्बई। ‘टाइगर– ३’ पछि सलमान खान फेरि एक दमदार एक्शन फिल्म लिएर आउँदैछन् । उनको फिल्म ‘सिकन्दर’ २०२५ मा रिलिज हुँदैछ ।
गजनी र होलिडेका लागि चर्चित एआर मुरुगादासले सिकन्दरलाई निर्देशन गर्दैछन्। फिल्म रिलिज हुन अझै धेरै समय बाँकी छ तर हालै फिल्मको एक्सन प्याक टिजर रिलिज भएको छ, जुन अहिले बलिउडको नम्बर १ टिजर बनेको छ ।
‘सिकन्दर’को टिजर तीन दिनअघि युट्युबमा सार्वजनिक गरिएको थियो। सलमानको लुक र ब्याकग्राउण्ड म्युजिकका साथै कलर ग्रेडिङ र अन्य पक्षलाई दर्शकले निकै मन पराइरहेका छन् ।
तथ्याङ्क अनुसार सिकन्दरको टिजर युट्युबमा पहिलो २४ घण्टामा सबैभन्दा धेरै हेरिएको बलिउड टिजर बनेको छ । डिसेम्बर २८ मा साँझ ४ः०५ बजे रिलिज भएको यो टिजरले पहिलो २४ घण्टामा स्ट्रिमिङ प्लेटफर्ममा ४१.६ मिलियन भ्युज पाएको छ। यसले शाहरुख खानको डंकीलाई पछि पार्दै कीर्तिमान बनाएको छ ।
डङ्कीको टिजर ३६.८ मिलियन पटक हेरिएको छ । तर, ४१.६ मिलियन भ्युजको साथ सिकन्दरको टिजरले पनि पहिलो २४ घण्टामा ७२१ हजार लाइक पाएको छ ।
















देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया