सलमानको ‘सिकिन्दर’ काे टिजरले तोड्यो रेकर्ड

मुम्बई। ‘टाइगर– ३’ पछि सलमान खान फेरि एक दमदार एक्शन फिल्म लिएर आउँदैछन् । उनको फिल्म ‘सिकन्दर’ २०२५ मा रिलिज हुँदैछ ।
गजनी र होलिडेका लागि चर्चित एआर मुरुगादासले सिकन्दरलाई निर्देशन गर्दैछन्। फिल्म रिलिज हुन अझै धेरै समय बाँकी छ तर हालै फिल्मको एक्सन प्याक टिजर रिलिज भएको छ, जुन अहिले बलिउडको नम्बर १ टिजर बनेको छ ।
‘सिकन्दर’को टिजर तीन दिनअघि युट्युबमा सार्वजनिक गरिएको थियो। सलमानको लुक र ब्याकग्राउण्ड म्युजिकका साथै कलर ग्रेडिङ र अन्य पक्षलाई दर्शकले निकै मन पराइरहेका छन् ।
तथ्याङ्क अनुसार सिकन्दरको टिजर युट्युबमा पहिलो २४ घण्टामा सबैभन्दा धेरै हेरिएको बलिउड टिजर बनेको छ । डिसेम्बर २८ मा साँझ ४ः०५ बजे रिलिज भएको यो टिजरले पहिलो २४ घण्टामा स्ट्रिमिङ प्लेटफर्ममा ४१.६ मिलियन भ्युज पाएको छ। यसले शाहरुख खानको डंकीलाई पछि पार्दै कीर्तिमान बनाएको छ ।
डङ्कीको टिजर ३६.८ मिलियन पटक हेरिएको छ । तर, ४१.६ मिलियन भ्युजको साथ सिकन्दरको टिजरले पनि पहिलो २४ घण्टामा ७२१ हजार लाइक पाएको छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया