बार्षिक निर्यात ६० अर्बमा पुर्याउने पाकिस्तानद्वारा लक्ष्य

काठमाडाैँ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले मङ्गलबार देशको राष्ट्रिय आर्थिक रूपान्तरण योजना सन् २०२४/०२९ को शुभारम्भ गरेका छन्। योजनाको लक्ष्य छ प्रतिशत कूल गार्हस्थ्य (जीडीपी) वृद्धि हासिल गर्ने तथा वार्षिक निर्यातलाई ६० अर्ब रुपैयाँमा पु¥याउने रहेको बताइएको छ ।
योजना सार्वजनिक गर्न गरिएको उदुघाटन समारोहलाई प्रधानमन्त्री सरिफले सम्बोधन गर्दै भने, “देशको आर्थिक चुनौतिलाई सम्बोधन गर्न योजनाअन्तर्गत सामूहिक दृष्टिकोणको आवश्यकता हुनेछ।”
शरीफले आफ्नो सरकारले उद्योग, वाणिज्य, सूचना प्रविधि, व्यापार तथा लगानीको प्रवद्र्धन र विश्वभर पाकिस्तानमा निर्मित उत्पादनका लागि नयाँ बजार खोज्ने कुरामा ध्यान केन्द्रित गर्ने बताए । “निर्यातमा आधारित वृद्धि पाकिस्तानको आर्थिक पुनरुत्थानको आधार हुनेछ,” उनले भने ।
प्रधानमन्त्रीले प्रतिस्पर्धा र दक्षता प्रवद्र्धन गर्न उत्पादन लागत घटाउने, लगानीलाई प्रोत्साहन गर्ने र आयात प्रतिबन्ध हटाउने महत्त्वमा जोड दिँदै आर्थिक वृद्धि हासिल गर्न प्रमुख रणनीतिहरू प्रस्तुत गरे ।
शरीफले उच्च गुणस्तरीय विकासलाई थप सुरक्षासँग जोड्ने तथा चीन–पाकिस्तान आर्थिक करिडोर लगायतका दुवै प्रमुख पहलहरू आफ्नो सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गरे ।
यसअघि समारोहमा अर्थमन्त्री मुहम्मद औरङ्गजेबले पाकिस्तानलाई दिगो आर्थिक वृद्धिको बाटोमा अघि बढाउन योजनाको महत्त्वलाई प्रकाश पारे ।
उनले सरकारले अर्थ मन्त्रालयमा छुट्टै कर नीति इकाई स्थापना गर्नेलगायतका सुधारका माध्यमबाट वित्तीय अनुशासन तथा स्थायित्व ल्याउने बताए ।













सन् २०२६ का लागि खाडी क्षेत्रका प्रमुख समस्या र समाधान
भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए
सिकार खेल्न गएका साथीको मृत्यु, भरुवा बन्दुकसहित ५ जना पक्राउ
आजका लागि कृषिउपजको थोक मूल्य: मूल्यगोलभेँडा प्रतिकिलो रु ११०,प्याज प्रतिकिलो रु ५५
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया