मध्यमर्स्याङदीको विद्युत् उत्पादन घट्दै

लमजुङ । यहाँको बेँसीसहर नगरपालिका–१ दलालस्थित मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । मर्स्याङदी नदीमा पानीको मात्रा घटेपछि ७० मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत् उत्पादन घट्न थालेको हो ।
आयोजना केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार ३० मेगावाट बिजुली उत्पादन घटेको छ । अझै पानी कम हुँदै जाने र क्रमशः उत्पादन घट्दै जाने उनको भनाइ छ । हाल आयोजनाबाट ४० मेगावाट विद्युत उत्पादन भइरहेको प्रमुख बस्नेतले बताए । आगामी फागुनसम्म उत्पादन घटने उनले बताए।
गतवर्ष पनि विद्युत् उत्पादन घटेर २५ मेगावाटमा झरेको थियो । सो आयोजना सन् २००८ मा रु २७ अर्ब २० करोडमा निर्माण सम्पन्न भएको थियो । जिल्लामा निर्माण सम्पन्न भएका अन्य विद्युत् आयोजनाको पनि उत्पादन घट्न थालेको छ ।
दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट पनि विद्युत् उत्पादन घट्न थालेको जनाइएको छ । भुलभुलेस्थित ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत्, ३० मेगावाटको ङादी जलविद्युत आयोजना, २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजना, दोर्दी गाउँपालिका–६ स्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी आयोजनाको पनि विद्युत उत्पादन घट्न थालेको छ ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया