ग्यास अभावको हल्लापछि आयल निगमको अनुगमन, कार्यकारी निर्देशक आफैं फिल्डमा

काठमाडौं । बजारमा ग्यास अभावको हल्ला चलेसँगै आयल निगम बजार अनुगमनमा खटिएको छ । शुक्रबार नेपाल एलपी ग्यास यद्योग संघले विज्ञप्ती जारी गर्दै खाली ग्यास भर्न आग्रह गरेसँगै बजारमा ग्यास अभाव हुनसक्ने हल्ला चलेको थियो ।
आपूर्ति व्यवस्था सहज भइरहेको अवस्थामा यो हल्लासँगै बजारमा ग्यास अभाव हुने भन्दै उपभोक्ताहरुले सिलिन्डर धमाधम भर्न थालेका थिए । निगमको टोलीले शनिबार उपत्यकाका मुख्य क्षेत्रका ग्यास बिक्रेताहरुकहाँ अनुगमन गरेको कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।
‘बजार हल्ला चलेपछि हामी अनुगमनमै छौं । तर, बजारमा ग्यास नपाएको भन्ने गुनासो कतै पनि पाइएन,’ पौडेलले भने, ‘ग्यासको आपूर्ति निरन्तर छ । कोभिडले आपूर्ति व्यवस्थामा प्रभाव पार्दैन । लकडाउन नै भए पनि ग्यास अभाव हुँदैन ।’ नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले भने ग्राहकलाई सचेत गराउनको लागि मात्रै आफूहरुले यस्तो जानकारी दिएको बताए ।

















इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
१६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
प्रतिक्रिया