शेरा दरबारको जग्गा सरकारले फिर्ता ल्याओस्, सहयोग मात्रै होइन, धन्यवाद पनि भन्नेछु : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन विपरित काम भए जोसुकै भएपनि कानुनको दायरमा ल्याउन पर्ने बताएका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा शेरादरबारबारे कुरा उठेपछि प्रचण्डले कानुनविपरित भए सरकारको नाममा जग्गा फिर्ता ल्याउन आग्रह गर्दै त्यसका लागि आफूले सहयोग गर्ने बताए।
‘अहिले यही शेरादरबारबारे चर्चा सुनेपछि मैले झापाको एउटा कार्यक्रममा बोलेका पनि थिएँ, दोषीलाई कारबाही गरियोस्, सरकारलाई सहयोग गर्न म तयार छु भनेको हुनाले अहिले धेरै भन्नु केही पनि छैन,’ प्रचण्डले भने, ‘मैले खाली सरकारलाई के भन्छु भने कानुन विपरित काम भएको छ भने जसरी ललिता निवासको कैयौं रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइयो, त्यसैगरी शेरा दरबारको भयो भने म सरकारलाई सहयोग मात्रै होइन, धन्यवाद पनि भन्नेछु।’
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा छानबिन गर्दै जाँदा प्रचण्ड नै देखापरे पनि छानबिनको दायरामा ल्याउनु भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसको संस्मरण समेत गरे। ‘मैले त्यतिबेला छानबिन गर्दै गर्दा प्रचण्ड नै देखापर्यो भने त्यसलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ भनेर पहिलोचोटी बोल्ने प्रधानमन्त्री सायद म नै थिएँ,’ उनले भने।

















ICC Men’s T20 World Cup: Nepal to bat first
पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छः सभापति थापा
Two die in Rautahat road accident
एम्बुलेन्सको भाडा बढेपछि जुम्लाका स्थानीयले गरे विरोध
18 days to HoR elections: Voter education programme up to March 1 beginning today
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीसँग नेपालको लज्जास्पद हार
प्रतिक्रिया