धितोपत्र बोर्डको आग्रह, सेवाप्रवाहमा सावधानी अपनाऔं

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले कोरोना सङ्क्रमणको खतरालाई मध्यनजर गरेर सेवाप्रवाहमा विशेष सावधानी अपनाउन सम्वद्ध सरोकारवालालाई आग्रह गरेको छ ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ महामारीको सङ्क्रमण नेपालमा समेत बढ्दै गएकाले सोको रोकथाम तथा नियन्त्रणका लागि विशेष सावधानी अपनाउन आग्रह गरिएको बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले जानकारी दिए ।
सेवा प्रवाहलाई निरन्तर अगाडि बढाउन कर्मचारीलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्न र सेवाग्राहीको भीडभाड कम गर्ने अभिप्रायले सकेसम्म सेवा प्रवाहलाई विद्युतीय माध्यमको प्रयोग गर्ने तथा गराउने व्यवस्था मिलाउन भनिएको छ ।
बोर्डबाट अनुमपति प्राप्त धितोपत्र बजार, क्रेडिट रेटिङ संस्था तथा सम्पूर्ण व्यवसायीले कार्यालय हाताभित्र २५ जनाभन्दा बढी नहुने गरी सेवाग्राहीबीच दुई मिटरको भौतिक दूरी कायम हुने गरी सेवा प्रवाह गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ ।
कोरोनाको सङ्क्रमण फैलन नदिन विशेष आग्रह गर्दै बोर्डले कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीलाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न आग्रह गरेको छ ।









पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश
टस जितेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा
नेपालगञ्जमा अतिक्रमित घर टहरा हटाउन सुरु
एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित
भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया