बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारबाट, ३ सय खेलाडी सहभागी हुने

काठमाडौं । बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगको दोस्रो संस्करण शुक्रबारदेखि सुरू हुदैँछ ।
लिगमा पुरुष/ महिलातर्फ समान पाँच गरि १० तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी गराए ।
पुरुषमा ४६-५०, ५०-५४, ५४-५८, ५८-६३ र ६३-६८ केजी तौलसमूहमा खेल हुनेछ । महिलामा ४०-४३, ४३-४६, ४६-४९, ४९-५३ र ५३-५७ केजीमा भिडन्त हुनेछ ।
प्रतियोगितामा करिब ३०० खेलाडीको सहभागिता रहने एसकेबसिी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले जानकारी दिए ।
काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १०, सात अंक र तीन अंक प्रदान गरिने छ ।
प्रत्योक तौल समूहका पदक विजेतालाई अर्को लिगमा खाना, बसोवास र यातायातको सुविधा प्रदान गरिनेछ भने प्रतियोगिताका खेलहरु टोखा नगरपालिका वडा-५ को कार्यालयमा हुनेछन् ।
३/३ महिनाको अवधिमा सञ्चालन गर्ने गरि सुरुआत गरिएको लिगको तेश्रो संस्करण फागुन र चौथो संस्करण आगामी जेठमा हुने आयोजकले जनाएको छ । पहिलो संस्करण स्युचाटारस्थित नागर्जुन कभर्डहलमा गत भदौमा भएको थियो ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया