मंगलबार, वैशाख ९, २०८२

एन्फा महिला लिगमा पुलिसको सानदार जीत

मेरोन्यूज २०८१ पुष १९ गते २०:५९

काठमाडौं । नेपाल पुलिस क्लबले सानदार सुरुआत गरेको छ । 
 
अखिल नेपाल फुटबल संघ (एन्फा) को राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा विभागीय टोली पुलिसले सानदार सुरुवात गरेको हो ।
 
पुलिस आज खेलेको आफ्नो पहिलो खेलमा वालिङ नगरपालिकामाथि ५–० को फराकिलो जित हासिल गरेको छ ।

पुलिसलाई सहज जित दिलाउन अनुष्का शर्मा र सम्झना लावतीले दुई दुई गोल गरेका थएि भने एक गोल पूजा रानाले गरेकी थिइन ।
 
जितसँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै वालिङ पुछारमा झरेको छ ।
 

प्रतिक्रिया