सोमबार, वैशाख १५, २०८२

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

मेरोन्यूज २०८१ पुष २० गते ७:०१

काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनी निधन भएको छ । गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा उनको निधन भएकाे पारिवारिक स्रोतले जानकारी दिएको छ । 

हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएको केही समयमै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाईन पत्रिकामा कार्यरत थिए । 

प्रतिक्रिया