बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु, शिक्षक आन्दोलनबारे निर्णय लिन सक्ने
मेरोन्यूज
२०८२ वैशाख १५ गते २०:३६

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ ।
सरकारले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्ने तयारीस्वरूप मन्त्रिपरिषद्को आजको बैठकले महत्वपूर्ण निर्णय लिन सक्ने बताइएको छ ।
एक मन्त्रीका अनुसार, शिक्षाहरूको चर्किँदो आन्दोलनलाई सम्बोधन गर्न बैठकमा विशेष प्रस्तावहरू छलफल भइरहेका छन् ।
देशभरिबाट काठमाडौंमा भेला भएका शिक्षकहरूले निरन्तर प्रदर्शन जारी राखेका छन् । आन्दोलनले शिक्षा क्षेत्र प्रभावित बनाइरहेको सन्दर्भमा मन्त्रिपरिषद्ले समाधानको दिशा तय गर्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया