सोमबार, वैशाख १५, २०८२

माओवादी स्थायी समिति बैठक स्थगित

मेरोन्यूज २०८१ पुष २० गते १६:३०

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।

आज दिउँसो २ बजे का लागि बोलाएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण आजको बैठक स्थगित गरिएको बताइएको छ ।

अर्को बैठक भोलि (आइतबार) बिहान ८ बजे बस्नेगरी तय भएको पार्टी स्रोतले जनाएको छ ।

प्रतिक्रिया