बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँलाई

मनहरी (मकवानपुर) । बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँले हात पारेको छ । आज भएको फाइनल खेलमा दोलखालाई पराजित गर्दै काठमाडौँ प्रतियोगिताको च्याम्पियन बनेको हो ।
बागमती प्रदेश फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबले दोलखाको टाइगर समूहलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा सम्पन्न फाइनल खेलमा काठमाडौँका लागि पहिलो हाफको २५औँ मिनेटमा सुजित बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफको ७४औँ मिनेटमा बुढाथोकीले थप एक गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
अन्तिम समयमा काठमाडौँका तर्फबाट आयुष कुँवरले गोल गर्दै टिमलाई ३–० को स्थितिमा पु¥याएका हुन् । खेलको ‘म्यान अफ दी म्याच’ बुढाथोकी घोषित भएका छन् । लिग विजेता काठमाडौँले रु दुई लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छ । साथै उपविजेता दोलखाले रु एक लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै काठमाडौँका बुढाथोकीले रु १५ हजार नगद पुरस्कार प्राप्त गरे भने प्रतियोगिताअन्तर्गत हाई स्कोरको उपाधि पनि बुढाथोकीले जिते । उत्कृष्ट गोल रक्षक काठमाडौँका चन्द्रशेखर श्रेष्ठ, उत्कृष्ट डिफेन्डर काठमाडौँका जनक कोइराला, उत्कृष्ट मिडफिडर काठमाडौँका विज्ञान खड्का, उत्कृष्ट फरवार्ड दोलखाका सुजन माझी र उत्कृष्ट कोच काठमाडौँका रुपेश क्षेत्रीले प्राप्त गरे ।
सबैले जनही रु पाँच हजारका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रदेशका १३ जिल्लामध्ये ११ जिल्लाको लिग विजेता फुटबल क्लबको सहभागिता थियो । रामेछाप र रसुवा भने एन्फामा आबद्ध नभएकाले लिगमा सहभागिता जनाएका थिएनन् ।









पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
हुवावेको ‘वाच जीटी ६ सिरिज’ नेपालमा सार्वजनिक
स्वास्थ्यमन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
सांग्रिला मोटर्सले लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प गर्दै
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया