गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी

काठमाडौँ । इजरायलले शनिबार गाजा युद्धविराम र बन्धक मुक्त सम्झौताका लागि कतारमा वार्ता पुनः सुरु भएको पुष्टि गरेको छ ।
गाजा शहरमा रहेको अल–घौला परिवारको घरमा बिहान भएको हवाई आक्रमणमा परी ११ जनाको मृत्यु भएकै दिन वार्ता सुरू भएको प्यालेष्टिनी प्रहरीले जनाएको छ ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणमा बन्धक बनाइएका व्यक्तिहरूको रिहाईका लागि कतारमा हमाससँग अप्रत्यक्ष वार्ता सुरु भएको पुष्टि गरेका छन् ।
बन्धकमध्येकी एक महिला सैनिक लिरी अल्बागका आफन्तलाई मन्त्रीले ‘बन्धकहरूलाई मुक्त गर्ने प्रयास भइरहेको र वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल शुक्रबार कतारमा पुगेको बताएका छन् ।
काट्जका अनुसार प्रधानमन्त्री बेनाजामिनले ‘वार्ताका लागि विस्तृत निर्देशन’ दिएका छन् ।
हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडले गाजामा अल्बागलाई कैदमा राखेको भिडियो सार्वजनिक गरेपछि उनले यस्तो बताएका हुन् ।
साढे तीन मिनेट लामो रेकर्डिङमा १९ वर्षीया ती युवतीले हिब्रु भाषामा इजरायली सरकारलाई आफ्नो रिहाइका लागि आग्रह गर्नुभएको सुन्न सकिन्छ, यद्यपि, भिडियोको आधिकारिकताबारे पुष्टि गर्न नसकिएको एएफपीका स्थानीय संवाददाताले जनाएका छन् ।
भिडियो सार्वजनिक भएपछि अल्बाग परिवारले नेतन्याहूलाई अपिल जारी गर्दै भनेको छ, “गाजामा तपाईंका आफ्नै छोराछोरी बनाइएका छन् भनी युद्धविराम सम्झौताका लागि निर्णय लिने समय आएको छ।”
हाल गाजामा ९६ जना इजरायली बन्धक रहेका छन्, जसमध्ये ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया